IME Life New

ग्रीनलाइफ हाइड्रोपावरले डाक्यो एकैपटक ३ वर्षको साधारणसभा, हकप्रद ल्याउने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले एकैपटक ३ आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिले कम्पनीको १३ औँ, १४ औँ र १५ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अधिकृत र जारी पुँजी वृद्धिसहित प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८।७० देखि २०८०।८१ सम्मको वर्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सञ्चालक नियुक्ति अनुमोदन तथा सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्ने सञ्चालक चयन पनि सभाले गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS