IME Life New

नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ।

जेनजी युवाको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी सुुशीला कार्कीलाई बधाइ दिँदै इप्पानले सहकार्य गर्ने जनाएको हो। प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रका लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुका लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ।

Crest

इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए। ‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौँ, अहिलेको अवस्थामा देशको पुनर्निर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौँ’, उनले भने।

अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौती समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताए। उनले ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिइरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS