काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४२ जना सांसदले राजीनामा दिएका छन्।
देशको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै राप्रपाका संघीय र प्रदेशका गरी ४२ जना सांसदले सामूहिक राजीनामा दिएका हुन्। वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भएकोले सामूहिक रुपमा राजीनामा दिइएको राप्रपाले जनाएको छ।
आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपाले अपिल पनि गरेको छ।

















