IME Life New

शेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ४ अर्ब ७२ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ४६ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले ३ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS