IME Life New

कहिलेसम्म भर्न पाइन्छ खानी खोला हाइड्रोपावरको हकप्रद शेयर ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावरले भदौ ३ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत जारी गरेको हो।

जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ ।

Crest

हकप्रद शेयरमा शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै कुमारी बैंकको ललितपुरसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। यसको मतलब असार २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS