IME Life New

मिड सोलु हाइड्रोपावरले झन्डै ५००%ले बढायो नाफा, ईपीएस रु. १७ माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले १३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४८९.९६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षको सञ्चालन मुनाफा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन मुनाफा १६ करोड ३६ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा ४५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो। विद्युत बिक्रीबाट हुने आम्दानी १८.४७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लसमा १५ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ तथा सरप्लसमा १ करोड ८७ लाख रुपैयाँ थियो। रिजर्भको आकारमा उल्लेख वृद्धि भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १७.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५१.९३ गुणा र प्रतिशेयर नेटवर्थ १२०.१७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS