IME Life New

मंदाकिनी हाइड्रो पावरको लकइन अवधि भोलिदेखि सकिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंदाकिनी हाइड्रो पावरको संस्थापक र आरक्षित शेयरको लक इन अवधि भोलि साउन १६ गतेदेखि समाप्त हुने भएको छ। भोलिबाट संस्थापक, स्थानीयबासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लक इन अवधि समाप्त हुने भएको हो।

लक इन अवधि समाप्ती भएपछि थप ४८ लाख ४५ हजार २१७ थान शेयर धितो पत्र बजारमा कारोबारका लागि खुला हुनेछन् ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २५ गते परिपत्र जारी गर्दै सर्वसाधारणलाई शेयर निष्काशन बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म धितोपत्र बजारमा खरिद बिक्री नगर्न निर्देशन दिएको थियो। यहि निर्देशनका कारण मंदाकिनी हाइड्रोपावरको शेयरमा लगानी गरेका संस्थापक शेयरधनी, स्थानीयबासिन्दा र कर्मचारीले दोश्रो बजारमा शेयर बिक्री गर्न पाएका थिएनन् ।

अब लक इन अवधि समाप्ती भएलगत्तै यी शेयरहरू पनि धितो पत्र बजारमा खरिद बिक्री हुनेछन् । धितोपत्र बजारमा मंदाकिनी हाइड्रोपावरको रू। १०० अंकित मूल्यको ६४ लाख ६७ हजार ६७१ कित्ता शेयर सूचीकृत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS