IME Life New

आजसम्म शेयर किन्नले शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात साउन १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

गत साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS