IME Life New

आजबाट १००% हकप्रद जारी गर्दै राप्ती हाइड्रो, कहिलेसम्म शेयर किन्नले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आज असार १ गतेबाट आफ्ना शेयरधनीहरुले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो।

जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

यो हकप्रदमा कम्पनीका शेयरधनीहरुले असार २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS