IME Life New

नर्थ समिट हाइड्रोले आइपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटलसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेड बिच नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल३ ८,४०,००० कित्ताको प्रति शेयर अंकित मुल्य एक सयका दरले हुन आउने अठतीस करोड चालीस लाखमात्र बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

Esewa
Crest

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१।४ मे।वा। क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीहो ।पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य,निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवाप्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS