काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२४ रुपैयाँ ४४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५४८ रुपैयाँ ८७ पैसाको आधारमा मूल्य समायोजन गरेको हो । सो मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।

















