IME Life New

आजसम्म शेयर किन्नले तेह्रथुम पावरको हकप्रद शेयर भर्न पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आज जेठ जेठ ४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। योसँगै अब कम्पनीले कुल ४० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण शेयर जारी गर्नेछ।

Crest

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS