IME Life New

धितोपत्र बोर्डबाट छ्याङ्दी हाइड्रोपावरले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज वैशाख १२ गते छ्याङ्दी हाइड्रोपावरलाई सतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो। अब कम्पनी हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता साधारण शेयर जारी गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS