काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले १० हजार ९८२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीगर्न लागेको हो ।
बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।