IME Life New

गरिमा विकास बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको कुल ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता शेयरमा संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि यो शेयर संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

Esewa
Crest

इच्छुक व्यक्ति तथा संस्थाले यो शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

यसैगरी बाँकी ९८ हजार २८.८४ कित्तामा बैंकका विद्यमान शेयरधनीहरुले खरिद निवेदन दिन सक्नेछन्। यो शेयर खरिदका लागि संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS