IME Life New

नेप्सेमा सूचीकृत यी ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत शेयर किन्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयर खरिद गर्न नपाउने जनाएको छ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै लगानी समूहका ती ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत शेयर किन्न नपाउने जनाएको हो। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स (साबिक सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी), इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट नेपाललाई दोस्रो बजार र लिलामी बढाबढ प्रक्रियामार्फत शेयर किन्न नपाउने धितोपत्र बोर्डले जनाएको छ। ‘प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गरेको हुँदा ती कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत शेयर खरिद गर्न नपाउने देखिएको व्यहोरासमेत जानकारी गराउँदछु’, सूचनामा भनिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डको २०७५ मंसिर १२ गते र २०७६ वैशाख ३० गतेको निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (ऊर्जा, यातायात र सञ्चार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेको छ। त्यस्ता संस्थाहरुले हकप्रद शेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा उपर्युक्तानुसारको नीतिगत व्यवस्थाअनुसार धितोपत्र बोर्डले यस्तो निर्णय गरेको हो।

अब लगानी समूह रहेका ती कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत शेयर खरिद गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

43%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS