IME Life New

भारतमा बीमाको डेढ करोड पाउन छोरासँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाको रकम हत्याउन एक महिलाले छोरासँग मिलेर आफ्ना श्रीमानको हत्या गरेको खुलेको छ।

भारतको महाराष्ट्रस्थित साँगलीमा भएको उक्त दर्दनापूर्ण घटना भएको हो। त्यहाँ भारु १ करोड (१ करोड ६० लाख नेपाली रुपैयाँ)को बीमा रकमका लागि श्रीमतीले छोरा र छोराका साथी मिलेर श्रीमानको हत्या गरेकी हुन्।

Esewa
Crest

हत्यामा संलग्न आमा र छोरासँगै तीनजनालाई पक्राउ महाराष्ट्र प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा आरोपी बनिता बाबुराव पाटिल, उनका छोरा तेजस बाबुराव पाटिल र छोराका साथी भीमराव गणपतराव हुलवान छन्।

हत्या ५६ वर्षीय किसान बाबुराम पाटिल भएको हो। उनको नाममा भारु १ करोडको बीमा रहेको थियो। पहिले बनिता र तेजसले ऋणमा डुबेका किसानलाई आत्महत्या गर्न उस्काएका थिए। तर, किसानले उनी मानेनन्। त्यसपछि बनिता र तेजसले किसानको हत्या गरे।

घटना गत फेब्रुअरी १० तारिखको हो। बिहान २–३ बजेको बीचमा मिरज–पंढरपुर राजमार्गको लान्डेवाडीनजिक किसान हत्या भएको थियो।
किसानको शव होटल आर्य नजिकै फेला परेपछि भाइ सागर पाटिलले बताए। सुरुमा किसानलाई सरकारी अस्पताल लगेर दुर्घटना भएको भन्दै एडीआर दर्ता गराए पनि आमा–छोराको बयानमा प्रहरीलाई शंका लागेको थियो। प्रहरीले दुवैको मोबाइल लोकेसन निकाल्यो। दुवैले घटनाको दिन कराडमा रहेको प्रहरीलाई बताए पनि मोबाइल लोकेसनका आधारमा उनीहरुको भनाइ झुटो भएको पाइयो।

प्रहरी सोधपुछका क्रममा आमा–छोरा दुवैले आफूमाथि लागेको आरोप स्वीकार गर्दै किसानको करिब ५० लाख ऋण रहेको जानकारी गराए। बयानमा उनीहरुले घरमा लगातार ऋण दिने बैंकका कर्मचारी आएर ऋण भुक्तान गर्न ताकेता गर्ने गरेको बताए। त्यही बीमाको पैसाले ऋण तिर्न उनको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्।

त्यसपछि ऋण तिर्न नसकेपछि बैंकबाट किसानको घर लिलामीको सूचना आयो। आमा–छोरा मिलेर किसानलाई आत्महत्या गर्न प्रेरित गर्न थाले। तर, त्यसो हुन नसकेपछि दुवैजना मिलेर हत्याको षड्यन्त्र रचे। अनि लान्डेवाडी क्षेत्रमा लगेर टाउकोमा ढुंगाले हानेर हत्या गरी पछि सडक दुर्घटनामा मृत्यु भएको देखाउन खोजिएको थियो। तर, यो घटना परिवारजनकै संलग्नतामा भएको पर्दाफास गर्न प्रहरी सफल भयो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS