IME Life New

शेयरको अन्तिम कारोबार मूल्यमा नयाँ नियम लागू गर्न नेप्सेले पायो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयरको अन्तिम कारोबार मूल्यमा नयाँ नियम लागू गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्वीकृति प्रदान गरेको छ।

बजार सञ्चालक नेप्सेले शेयरको अस्वाभाविक मूल्य उतारचढावमा अंकुश लगाउन अन्तिम कारोबार मूल्यमा नयाँ नियम लागू गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। ‘धितोपत्र बोर्डले नयाँ नियम लागू गर्न स्वीकृति दिइसकेको छ’, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘अब नेप्सेको बोर्ड बैठकले नयाँ नियम लागू गर्ने मिति तय गर्नेछ।’

Esewa
Crest

यो नियम लागू भएपछि दिउँसो २ः४५ मिनेटदेखि ३ः०० बजेसम्म शेयरभाउको औसत मूल्य नै अन्तिम कारोबार मूल्य तय हुनेछ। नेप्सेका अनुसार अब अन्तिम १५ मिनेट कारोबारको औसत मूल्यलाई नै नयाँ कारोबार मूल्य मानिनेछ।

प्रवक्ता पराजुलीका अनुसार नयाँ नियम लागू गर्नुअघि प्रणालीमा यसको परीक्षण गर्नुपर्ने हुन्छ। ‘कारोबार हुने दिनमा परीक्षण गर्न मिल्दैन’, उनले भने, ‘त्यसैले शुक्रबारका दिन परीक्षण गर्ने विषयमा कुराकानी भइरहेको छ। सायद यो साताकै शुक्रबारबाट परीक्षण कार्य सुरु हुनेछ।’

नयाँ नियम एक महिनाभित्रै लागू हुने प्रवक्ता पराजुलीले जानकारी दिए।

हालको नियमअनुसार दिउँसो ३ बजे भएको अन्तिम कारोबार मूल्य नै भोलिपल्टका लागि नयाँ कारोबार मूल्य मानिन्छ। नयाँ नियम लागू भएपछि अस्वाभाविक ढंगले हुने मूल्य उतारचढावमा अंकुश लाग्नेछ भने बजारलाई स्थिर तथा पारदर्शी बनाउने बजार जानकारीहरु बताउँछन्।

यस्तो हुनेछ नयाँ विधि

उदाहरणका लागि कुनै ‘एबीसी’ कम्पनीको शेयरभाउ दिनभरको विभिन्न मूल्य किनबेचपछि दिउँसो ३ बजे बजार बन्द हुँदा कायम भएको अन्तिम मूल्य भोलिपल्टका लागि नयाँ कारोबार मूल्य तय गरिँदै आएको छ। अब नयाँ नियम लागू पछि उक्त एबीबी कम्पनीको शेयरभाउ दिउँसो २ः४५ बजे हुँदा २५० रुपैयाँ थियो र अन्तिम १५ मिनेटमा २५५, २५३, २५७, २६० हुँदै दिउँसो ३ बजे २५८ रुपैयाँमा बन्द भयो भने अब भोलिपल्टका लागि औसत मूल्य २५५.५ रुपैयाँ कारोबार मूल्य निर्धारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS