IME Life New

प्रकाशित भयो २०८२ सालको सार्वजनिक, पर्व एवं सट्टा बिदा (सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले २०८२ सालको सार्वजनिक, पर्व एवं सट्टा बिदाको सूची तयार गरी नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा २८ दिन सार्वजनिक बिदा परेको छ भने ५२ वटा शनिबार परेको छ। सरकारले दसैँ बिदाअन्तर्गत घटस्थापना एक दिन र फूलपातीदेखि द्वादशीसम्म ६ दिन बिदा दिएको छ। घटस्थापना असोज ६ गते, फूलपाती १३ गते र द्वादशी असोज १८ गते परेको छ।

Crest

तिहारमा सरकारले ५ दिन बिदा दिएको छ। सरकारले कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटीकाको भोलिपल्टसम्म बिदा दिएको छ।

वर्ष २०८२ मा वैशाख १ गते सार्वजनिक बिदा दिएको छ भने रामनवमी चैत १३ गते बिदा दिएको छ।

यसैगरी सरकारले वर्ष २०८२ का लागि कार्यालय समय पनि तय गरेको छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय तोकिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ। शुक्रबारका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन्।

२०८२ सालको सार्वजनिक बिदा सम्बन्धी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

1%

खुसी

1%

दु :खी

88%

अचम्मित

8%

उत्साहित

2%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS