IME Life New

पुराना ब्रोकरको क्यापिटल प्लानः १२ वटाले चालु आवमै पुर्याउने, बाँकीको योजना कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुराना शेयर ब्रोकरहरुले तोकिएको न्यूनतम चुक्तापुँजी कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा क्यापिटल प्लान पेस गरेका छन्।

केही समयपहिले धितोपत्र बोर्डले पुराना ३८ वटा शेयर ब्रोकरलाई गत पुस मसान्तसम्म तोकिएको न्यूनतम चुक्तापुँजी पुर्याउन ‘क्यापिटल प्लान’ पेस गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम ती ब्रोकरहरुले क्यापिटल प्लान धितोपत्रसमक्ष पेस गरेका हुन्।

Esewa
Crest

ती ३८ वटा ब्रोकरमध्ये अधिकांशले मर्जरमा गएर, बोसन शेयर वितरण र हकप्रद शेयर जारी गरेर न्यूनतम चुक्तापुँजी पुर्याउने क्यापिटल प्लान पेस गरेका छन्। एक दर्जन ब्रोकरले भने चालु आर्थिक वर्ष २०८१।८२ भित्रै न्यूनतम चुक्तापुँजी कायम गर्ने भनेर क्यापिटल प्लान पेस गरेको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ।

धितोपत्र बोर्डले २ वर्षअघि नियमावलीमा संशोधन गर्दै ब्रोकर न्यूनतम चुक्तापुँजी निर्धारण गरेको थियो। हाल ९० वटा ब्रोकर सञ्चालनमा छन्। तीमध्ये ४० वटा ब्रोकर संशोधित नियमावली आएपछि सञ्चालनमा आएकाले तोकिएको चुक्तापुँजी कायम गरेका छन्।

न्यूनतम चुक्तापुँजी कायम गर्न पुराना ब्रोकरहरुलाई २०८२ असार मसान्तसम्मको समयसीमा रहेको छ। त्यो बेलासम्म न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ कायम गर्न नसक्ने ब्रोकरलाई मर्जरमा जान सक्ने व्यवस्था संशोधन नियमावलीमा रहेको छ। ब्रोकरबीचको मर्जरकै लागि छुट्टै निर्देशिका पनि धितोपत्र बोर्डले तयार गरिरहेको छ।

पुराना ब्रोकरमध्ये ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, त्रिशूली सेक्युरिटिज, लिन्च स्टक मार्केट, साउथ एसिया बुल्स, निभ सेक्युरिटिज, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज र भृकुटी स्टक ब्रोकरले चालु आर्थिक वर्षमै न्यूनतम चुक्तापुँजी पुर्याउने भनेर क्यापिटल प्लान धितोपत्र बोर्डमा बुझाएका छन्।

बाँकी २५ वटा कुमारी सेक्युरिटिज सर्भिस, अरुण सेक्युरिटिज, मार्चेट सेक्युरिटिज एक्सचेन्ज, जेफ सेक्युरिटिज, आशुतोष ब्रोकरेज, मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ, थ्राइभ ब्रोकरेज हाउस, एबीसी सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सिप्ला सेक्युरिटिज, मिदास स्टक ब्रोकरिङ, श्वेता सेक्युरिटिज, एसियन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कालिका सेक्युरिटिज, कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, क्रेटिभ सेक्युरिटिज, इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल, सेवा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज र दिव्या सेक्युरिटिज एन्ड स्टक हाउसले न्यूनतम चुक्तापुँजी पुर्याउन मर्जर, बोनस शेयर वा हकप्रद शेयरको बाटो रोज्ने भनेर धितोपत्र बोर्डमा क्यापिटल प्लान पेस गरेका छन्।

धितोपत्र बोर्डमा अग्रवाल सेक्युरिटिजले भने न्यूनतम चुक्तापुँजी पुर्याइसकेको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS