IME Life New

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि तोरणलाई , निरज एक स्ट्रोकले पराजित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ /२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन्। ५ अन्डर ६७ को स्कोरमा समग्रमा १८ अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए।

उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन्। यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए। उनले नगद १ लाख ५० हजार प्राप्त गरे। उनको करियरको यो तेस्रो उपाधि हो।

Esewa
Crest

च्याम्पियन तोरणले जतिकै ५अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७ अन्डर २७१ सहित दोस्रो भए। उनले नगद १ लाख प्राप्त गरे।

नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७ अन्डर ६५ को स्कोर निकाले। समग्रमा १३ अन्डर २७५ सहित तेस्रो भए। यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुललाई ९ स्ट्रोकले हराए।

समग्रमा ३ अन्डर ६९ स्कोर गर्दै समग्रमा ५ अन्डर २८३ सहित सञ्जय लामा चौथो भए। प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे। एमेच्योर राहुल समग्रमा पाँचौं भए। राहुले आज २ ओभर ७४ स्कोर जोडे। समग्रमा ४ अन्डर २८४ को स्कोर निकाले। एमेच्योरतर्फ उनी दोस्रो भए।

दिनेश प्रजापति समग्रमामा ३ अन्डर २८५ सहित छैटौं भए। उनले आज इभन पार ७२ को स्कोर गरे। प्रो तर्फ चौथो भएका उनले ६३ हजार हात पारे। नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३ ओभर ७५ खेल्दै समग्रमा १(अन्डर २८७ स्कोर गर्दै सातौं भए। प्रो तर्फ पाँचौं हुँदा ५३ हजार आफ्नो नाममा लेखाए।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८ ओभर ८० को स्कोर गर्दा समग्रमा ३(ओभर २९१ सहित समग्रमा आठौं भए। प्रो तर्फ उनी छैटौं हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे। टंक बहादुर कार्की समग्रमा ४(ओभर २९२ सहित नवौं भए। प्रोतर्फ सातौं हुँदै ४२ हाजर जिते। समग्रमा ८ ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्य प्रसाद शर्मा दशौं भए। उनीहरू प्रो तर्फ आठौं भएसँगै ३६ हजार ५ सय हात पारे।

फाइनल दिनको खेल सुरूवात गर्दा तोरण निरज भन्दा एक स्ट्रोकले मात्र अगाडि थिए। जहाँ तोरणलाई निरजले कडा चुनौती दिए। फ्रन्ट नाइनमा तोरणले तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३(अन्डर ३३ मा सकाए। निरजले चौथो र नवौं होलमा एक(एक सट बचाए। फ्रन्ट नाइन २ अन्डर ३४ मा पुरा गरे। फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अघि बढे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS