IME Life New

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्हाले कार्यभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले मंगलबारबाट कार्यभार सम्हालेका छन्।

प्राधिकरणको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष ओझाले कार्यभार सम्हालेका हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ।

Esewa
Crest

यसअघि अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। ओझालाई अर्थमन्त्री पौडेल, अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाइ तथा सफलता कार्यकालको शुभकामना दिएका थिए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ३३ वर्षीय ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको इतिहासमै उनी कान्छो अध्यक्षका रुपमा नियुक्त भएका हुन्।

कञ्चनपुरको कृष्णपुर–८ का ओझाले व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणमा विशेषज्ञता हासिल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS