IME Life New

बीमा नियमावलीको नियम अनुसार अभिकर्ताको योग्यता र शुल्क कायम गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा अभिकर्ताको सम्बन्धमा बीमा नियमावलीमा भएको नियम लागू गर्न /गराउन निर्देशन दिएको छ । प्राधिकरणले आज एक परिपत्र जारी गर्दै सबै बीमकहरुलाई बीमा नियमावली २०८१ नेपाल राजपत्रमा फागुन १२ गते प्रकाशित नियमावलीको नियम अनुसार अभिकर्तालाई तोकेको शैक्षिक योग्यताको अधिनमा रही कार्य गर्न/ गराउन निर्देशन दिएको हो ।

बीमा नियमावलीको नियम ४१ को उपनियम ३ अन्तर्गत अब बीमा अभिकर्तालाई नयाँ लाइसेन्स दिँदा १२ कक्षा उत्तीर्ण भएको अनिवार्य गरिएको छ। नियमावलीमा मान्यता प्राप्त संस्था वा बोर्डबाट दस जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण मात्रै बीमा अभिकर्ताको लाइसेन्स पाउन योग्य हुने व्यवस्था गरिएको छ।

Esewa
Crest

अभिकर्ताको लाइसेन्स लिन प्राधिकरण, बीमक वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट बीमासम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ। लाइसेन्स पाउन बीमा अभिकर्ताको परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ।

त्यस्तै प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको र प्रचलित कानुनबमोजिम करार गर्न योग्य व्यक्ति अभिकर्ता बन्न पाउनेछन्।प्राधिकरणले बीमा ऐन र नियमावलीबमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले ३ वर्षको अवधि पूरा नहुँदै बीमा अभिकर्ता हुन योग्य मानिने छैन। संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एक उच्च व्यवस्थापकको योग्यता भएको हुनुपर्नेछ। तोकिएको योग्यता कायम नभएसम्म संस्थागत अभिकर्ताको इजाजतपत्र स्वतः रद्द हुनेछ। यसअघि एलएलसी वा सो सरहको परीक्षा पास भए अभिकर्ता बन्न पाउने व्यवस्था थियो ।

अब अभिकर्ताको नयाँ लाइसेन्स लिँदा व्यक्तिगतको लागि २५ सय रुपैयाँ तोकिएको छ भने संस्थागतको लागि १० हजार रुपैयाँ तोकिएको छ । सोही नियमावलीको नियमको अधिनमा रही कार्य गर्न सबै बीमकलाई प्राधिकरणले निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

33%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS