IME Life New

फागुन २० बाट अवितरित पौने ९ लाख कित्ता हकप्रद शेयर बिक्री गर्दै ङादी ग्रुप पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरले फागुन २० गतेबाट पौने ९ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले गत पुस २३ गतेबाट माघ २९ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा बिक्री हुन बाँकी सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो। यसमा इच्छुक जोकोही व्यक्ति र संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र फागुन २८ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS