काठमाडौं । लक्ष्मी स्टिल्सले २० लाख कित्ता जगेडा शेयर बिक्रीमा राखेको छ।
कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता २६५ रुपैयाँ तोकिएको छ।
शेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा गएर आवेदन दिन सकिनेछ। यसका लागि १५ दिनको म्याद दिइएको छ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

















