IME Life New

मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन लागू, बैंकर क्षतिपूर्ति बीमालेखमा आयो यस्ता व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न विभिन्न प्रावधान ल्याएको छ।

प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१ जारी गर्दै बीमकले बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्दा अपनाउनुपर्ने प्रावधानहरुको व्यवस्था गरेको हो। यसअघि बीमकहरुले आआफ्नो हिसाबले यस्तो बीमालेख जारी गर्दै आएका थिए।

Esewa
Crest

बैंक तथा वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी)मा आइपर्न सक्ने जोखिमहरुविरुद्धको रक्षावरण गर्ने बीमासम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले प्रस्ट पारेको छ। यो निर्देशन तुरुन्त लागू हुने पनि प्राधिकरणले जनाएको छ।

बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका लागिमात्र बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न पाउनेछन्। बीमकले प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थाको नगद बीमालेख जारी गर्न सक्ने व्यवस्था निर्देशनमा गरिएको छ। सोहीबमोजिम बीमकले निष्ठा जमानी बीमालेख पनि जारी गर्न पाउनेछन्।

निर्देशनबमोजिम बीमकले बीमासम्बन्धी मूलभूत विवरण, बीमाको विषयवस्तुको विवरण तथा बीमाशुल्कको गणनासम्बन्धी विवरण सम्बन्धित बीमालेखमा संलग्नबमोजिम बीमालेख तालिकामा प्रस्ट रुपमा उल्लेख गर्नुपर्नेछ। बीमालेख जारी गर्दा बीमालेख जारी भएको वास्तविक समय (घन्टा र मिनेट) तथा जोखिम प्रारम्भि भएको वास्तविक समय (घन्टा र मिनेट)सहित उल्लेख गर्नुपर्नेछ।

बीमालेख जारी हुने मिति र जोखिम प्रारम्भ हुने मिति फरक पारी बीमालेख जारी गर्न नपाइने व्यवस्था निर्देशनमा गरिएको छ। तर, बीमालेखको नवीकरणको हकमा जोखिम प्रारम्भ मितिभन्दा अगावै बीमालेख जारी गर्न सकिने व्यवस्था प्राधिकरणले निर्देशनमार्फत गरिदिएको छ।

banker insurance policy

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS