IME Life New

दलालले पुनर्बीमाशुल्क भुक्तानीमा ढिलो गरेपछि लाग्यो भारू १ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो बीमा दलाल, मार्शको सम्बद्ध मार्श इन्डिया इन्स्योरेन्स ब्रोकर्स पछि, भारतीय बीमा नियामकले भारतमा सञ्चालित अर्को विदेशी ब्रोकर, युआइबी इन्स्योरेन्स ब्रोकर्स (इन्डिया) प्राइभेट लिमिटेडलाई बीमाशुल्कवापतको रकम भुक्तानीमा ढिलाई गरेर नियमहरू उल्लङ्घन गरेकोमा भारू एक करोड(१ करोड ६० लाख रूपैयाँ) जरिवाना गरेको छ।

नियामकका अनुसार, युआइबीले सेडेन्ट्स, पुनर्बीमक र पुनर्बीमा दलाललाई बीमाशुल्क विप्रेषणमा जानाजान ढिलाई गरेको पाइएपछि कारवाहीको निर्णय गरिएको हो।

Esewa
Crest

युआइबी इन्स्योरेन्स ब्रोकर्स (इन्डिया) प्राइभेट लिमिटेड लन्डनमा आधारित युआइबी समूह सम्बद्ध हो । यो कम्पनी विश्वको शीर्ष १० ठूला पुनर्बीमा दलालहरू मध्ये एक हो।

५३ वटा पुनर्बीमाशुल्क भुक्तानी सम्बन्धी कागजपत्र अध्ययन गर्दा, पुनर्बीमा बीमाशुल्क भुक्तानीमा ३६ दिनदेखि ११५१ दिनसम्म ढिलाई देखिएको एशिया इन्स्योरेन्सपोष्टले उल्लेख गरेको छ।। र १५ दिनको स्वीकृत सीमाभन्दा बढी अवधिको विदेशी ब्रोकरसँग बक्याैता कुल रकम १ करोड ६२ लाख भारूभन्दा बढी थियो।

पोष्टका अनुसार ब्रोकरले आफ्नो सफाइमा भनेको थियो, पुनर्बीमाशुल्क विप्रेषणमा नियामकले उल्लेख गरेको ढिलाई तेस्रो-पक्ष कागजात, अन्तर्राष्ट्रिय लेनदेन र अभ्यासहरूमा निर्भरताको जटिल प्रकृयाको कारणले भएको हो । ब्रोकरले थप बचाउ गर्दै भनेको छ,यी ढिलाइहरूबाट कम्पनीले कुनै अनुचित नाफा कमाएको थिएन किनभने यो अवधिमा शून्य ब्याज खाताहरूमा ती रकम जम्मा गरिएका थिए।

युआइबी बीमा दलालले आफ्नो बैंक खातामा रहेको रकममा ब्याज आर्जन नगरेको तर्कलाई अस्वीकार गर्दै, नियामकले भनेको छ,यसले यस्तो रकम तिर्न बाँकी रहेका पक्षहरूले महिनौं र केही अवस्थामा वर्षौंसम्म ब्याज गुमाइरहेका छन् भन्ने चिन्तालाई सम्बोधन गर्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS