IME Life New

अस्ट्रेलियाले ल्यायो कडा नियम, अब विदेशी नागरिकले यो काम गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्ने विदेशी नागरिकले अब त्यहाँ पूर्वनिर्मित घर किन्न पाउने छैनन्।

अस्ट्रेलियाको सरकारले अप्रिल १ गतेदेखि अस्ट्रेलियामा निर्माण भएका घर किन्न विदेशीलाई २ वर्षको प्रतिबन्ध लगाउने भएको छ। चुनावलाई ध्यानमा राख्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको सरकारले त्यहाँ घरको मूल्य तीव्र गतिमा बढ्दै गएकाले यो कदम चालेको हो।

Esewa
Crest

अस्ट्रेलिया सरकारको यो कदमले ठूलो संख्यामा विदेशी नागरिकलाई असर गर्ने छ। किनकि लाखौं विदेशी नागरिक अध्ययन गर्न अस्ट्रेलिया जान्छन् र त्यसपछि धेरैजसो त्यहीँ बस्छन्।

विदेशी नागरिकले घर किन्न प्रतिबन्धको घोषणा गर्दै अस्ट्रेलियाका आवासमन्त्री क्लेयर ओनिलले भने, ‘विदेशी नागरिकले आउँदो सन् २०२५ अप्रिल १ देखि २०२७ मार्च ३१ सम्म पूर्वनिर्मित घर किन्न पाउने छैनन्।’ उनले म्याद सकिएपछि अस्ट्रेलियामा विदेशी नागरिकलाई घर किन्ने प्रतिबन्धको समीक्षा गरी म्याद थप्ने वा नबढाउने निर्णय गरिने बताए।

अस्ट्रेलियामा घर किन्नु विश्वमै महँगो

अस्ट्रेलियामा घर किन्नु वा भाडामा लिनु विश्वमा नै सबैभन्दा महँगो मानिन्छ। अस्ट्रेलियामा यसै वर्षको अन्त्यमा निर्वाचन हुन लागेको छ। जसमा बढ्दो मुद्रास्फीति र आवासको समस्या र यसको मुद्रास्फीति मुख्य विषय बन्न लागेको छ।

अस्ट्रेलियाका युवामा यो समस्या धेरै गम्भीर छ किनभने उनीहरुलाई लाग्छ कि देशमा घरको मूल्य यति धेरै छ कि उनीहरुले कहिल्यै आफ्नो घर किन्न सक्दैनन्। अस्ट्रेलियामा घर भाडा पनि पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको छ।

ब्लुमबर्गले प्रपर्टी कन्सल्टेन्सी कोरलजिक इन्कलाई उद्धृत गर्दै अस्ट्रेलियाको राजधानी सिड्नीमा विगत १० वर्षमा घरको मूल्य करिब ७० प्रतिशतले बढेको र अहिले घरको औसत मूल्य करिब १२ लाख अस्ट्रेलियन डलर रहेको जनाएको छ। अस्ट्रेलियाको कर कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको १२ महिनामा विदेशी लगानीकर्ताले ४ अर्ब ९० करोड अस्ट्रेलियाली डलरको सम्पत्ति खरिद गरेका छन्। यसमा खाली जग्गा तथा नयाँ र पहिले नै बनेका घर समावेश छन्।

नयाँ नियमपछि के परिवर्तन हुन्छ ?

अप्रिल १ देखि लागू हुने अस्ट्रेलियाको नयाँ आवास नियमअन्तर्गत विदेशी विद्यार्थी वा विदेशी कम्पनीले अस्ट्रेलियामा पहिले नै बनाइएको आवासीय सम्पत्ति २ वर्षसम्म खरिद गर्न सक्ने छैनन्। तर, नयाँ घर किन्ने विदेशीलाई भने कुनै प्रतिबन्ध लाग्ने छैन। साथै, प्यासिफिक भिसा योजनामा अस्ट्रेलिया पुगेका कामदारलाई पनि यसमा छुट दिइनेछ।

यसका साथै जग्गा किनेर निर्माण नगर्ने वा प्रयोग नगर्ने विदेशी लगानीकर्तालाई पनि अस्ट्रेलिया सरकारले कडा कारबाही गर्ने भएको छ। सरकारका अनुसार खरिद गरिएको खाली जग्गा विदेशी लगानीकर्ताले निश्चित समयावधिभित्र विकास गर्नुपर्नेछ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS