IME Life New

बीमकको लाभांश घोषणामा बीमा नियमावलीमा के–के छन् प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावलीमार्फत बीमकको लाभांश घोषणामा विभिन्न प्रावधान ल्याइएको छ।

हालै सरकारले स्वीकृत गरेको बीमा नियमावली, २०८१ मा बीमा कम्पनीको लाभांश घोषणामा विभिन्न प्रावधान ल्याइएको हो। बीमकले अब लाभांश घोषणा गर्नुअघि बीमा ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। बीमा ऐनको दफा ३६ मा न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने, दफा ३८ मा प्राधिकरणले तोकेको बीमा कोष, दफा ३९ मा अनिवार्य जगेडा कोषको व्यवस्था, ४० मा महाविपत्ति कोषको व्यवस्था, ४१ मा दाबी भुक्तानी कोष तथा जगेडा कोष र ४२ मा दायित्वभन्दा सम्पत्ति बढी हुनुपर्ने व्यवस्था गरिएको छ। यी व्यवस्था कायम गरेका बीमकले लाभांश घोषणा गर्न पाउनेछन्।

Esewa
Crest

यसैगरी बीमकले लाभांश घोषणा गर्न ऐन दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेका हुनुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ। ऐनको दफा १०१ बमोजिम बीमा समस्याग्रस्त घोषणा नभएको, प्राधिकरणले बीमकको व्यसाय आंशिक वा पूर्ण रुपमा रोक नलगाएको, बीमकको व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण र बाह्य लेखापरीक्षकको व्यवस्थापन प्रतिवेदन र सो सम्बन्धमा बीमकले पेस गरेको जबाफका आधामा पनि बीमकले लाभांश घोषणा गर्न पाउनेछन्।

यी प्रावधान पूरा गरेर दिइएको लाभांश वितरणसम्बन्धी निवेदनका सम्बन्धमा छलफल गर्न आवश्यक परेमा बीमा प्राधिकरणले बीमकका सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक वा सम्बन्धित कुनै व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ। त्यसरी बोलाइएको बखत प्राधिकरणमा उपस्थित हुनु बीमकका प्रतिनिधिहरुको कर्तव्य हुनेछ।

बीमकले पेस गरेको विवरण तथा कागजात जाँच गरी प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा सर्तसहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS