IME Life New

तोकियो बीमा अभिकर्ताको कमिसन, आफैँ उपस्थित भएर बीमा गर्नेलाई कमिसनमा ५०% छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली, २०८१ मार्फत जीवन बीमा अभिकर्ताले पाउने कमिसनको सीमा तोकिएको छ।

मन्त्रिपरिषदबाट केही दिनअघि मात्रै स्वीकृत भएको नियमावलीमा जीवन बीमा अभिकर्ताले पाउने अधिकतम कमिसन २५ प्रतिशतसम्म तोकिएको छ। सावधिक र आजीवन जीवन बीमा योजनका लागि १५ देखि १९ वर्षसम्म र २० वर्ष वा सोभन्दा बढी अवधिको बीमालेख बिक्री गर्दा अभिकर्ताले पहिलो वर्ष २५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ। १५ देखि १९ वर्षसम्म बीमालेखमा अभिकर्ताले दोस्रो वर्ष १५ प्रतिशत र तेस्रो वर्षदेखि बीमालेखको अवधि वा दसौँ वर्ष जुन घटी हुन्छ सो अवधिसम्म ५ प्रतिशत कमिसन पाउनेछन्।

Crest

यसैगरी २० वर्ष वा सोभन्दा बढी अवधिको बीमालेखमा अभिकर्ताले दोस्रो वर्ष २५ प्रतिशत र तेस्रो वर्षदेखि बीमालेखको अवधि वा दसौँ वर्ष जुन घटी हुन्छ सो अवधिसम्म ५ प्रतिशत कमिसन पाउनेछन्।

अभिकर्ताले १० वर्ष १४ वर्षसम्मको अवधिको बीमालेख बिक्री गर्दा पहिलो वर्ष र दोस्रो वर्ष १५–१५ प्रतिशत तेस्रो वर्षदेखि बीमालेखको अवधि वा दसौँ वर्ष जुन घटी हुन्छ सो अवधिसम्म ५ प्रतिशत कमिसन पाउने व्यवस्था नियमावलीमा गरिएको छ। ५ वर्षदेखि ७ वर्षसम्मको अवधिको बीमालेखमा अभिकर्ताले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष ५ प्रतिशत र तेस्रो वर्षदेखि बीमालेखको अवधि वा दसौँ वर्ष जुन घटी हुन्छ सो अवधिसम्म ५ प्रतिशत कमिसन पाउनेछन्।

अभिकर्ताले ८ वर्षदेखि ९ वर्षसम्मको अवधिको बीमालेखमा पहिलो र दोस्रो वर्ष १०–१० प्रतिशत र तेस्रो वर्षदेखि बीमालेखको अवधि वा दसौँ वर्ष जुन घटी हुन्छ सो अवधिसम्म ५ प्रतिशत कमिसन पाउने व्यवस्था नियमावलीमा गरिएको छ।

यसैगरी एकल बीमाशुल्क प्राप्त हुने बीमामा अभिकर्ताले बीमाशुल्कको ६ प्रतिशतसम्म, म्यादी जीवन बीमाका लागि बीमाशुल्कको १० प्रतिशतसम्म र विविध बीमाका लागि प्राधिकरणले निर्धारण गरेबमोजिमको कमिसन पाउने नियमावलीमा व्यवस्था गरिएको छ।

अभिकर्तालाई प्रोत्साहन रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फृत जारी भएको बीमालेखको नवीकरण अनुपातका आधारमा तोकिएबमोजिमको रकम कट्टा गरेरमात्र भुक्तानी गर्नुपर्ने प्रावधान नियमावलीमार्फत ल्याइएको छ। नियमावलीमा बीमा अभिकर्ताले आर्जन गरेको कमिसन तथा इन्सेन्टिभ बीमकले बीमा अभिकर्ताको इजाजतपत्र बहाल नरहेको अवस्थामा समेत निजलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै बीमा अभिकर्ताले आर्जन गरेको कमिसन बीमकले बीमा अभिकर्ताको मृत्यु भएको अवस्थामा निजको सगोलको पति वा पत्नी, छोराछोरी वा आमा–बुवालाई प्रदान गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

कमिसन रकमको अतिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रतिअभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन रकम प्रदान गर्न सकिने प्रावधान पनि नियमावलीमार्फत ल्याइएको छ। संस्थागत बीमा अभिकर्तामार्फत हुने बीमा र नेपाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई प्रोत्साहन रकम दिन नपाइने व्यवस्था गरिएको छ। निरन्तर सेवा प्रवाह गरेको व्यक्तिलाई जीवन बीमकले लोयल्टी प्रोत्साहनका रुपमा सुविधा प्रदान गर्न सकिनेछ।

अर्कोतर्फ बीमा आफैँ प्रत्यक्ष रुपमा बीमा गर्न आएमा बीमकले अभिकर्ताले पाउने कमिसनको ५० प्रतिशतले हुन आउने रकम बीमाशुल्कमा छुट दिनुपर्ने अनिवार्य पनि नियमावलीमार्फत गरिएको छ।

निर्जीवन बीमामा भने बीमाशुल्कको ५ प्रतिशत कमिसन दिन पाउने र लघुबीमा तथा स्वास्थ्य बीमामा प्राधिकरणले निधारुण गरेबमोजिमको कमिसन लागू हुने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

13%

दु :खी

13%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS