IME Life New

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा देशको नाम चिनाउन महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

यस्तै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको बताइन् । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदान निर्माण्को कार्य तीब्र रुपमा अघि बढेको उल्लेख गरिन् ।

Crest

महानगरपालिकाले खेल क्षेत्रको विकासको लागि वर्षेनी छुटाउने बजेटलाई वृद्धि गर्दै लिएर गएको उल्लेख गरिन् । महानगरको आयोजनामा मेयर कप विद्यालयस्तरीय त्रिकेट लिग गौतम बुद्ध क्रिकेट रंगशालामा चलिरहेको र केही दिन अघि उपमेयर कप महिला, पुरुष भलिवल प्रतियोगिता सकिएको उल्लेख गरिन् । भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्ने पालिकाको रुपमा सम्मानित भइसकेको छ ।

प्रतियोगितामा १८ विधाका खेलहरु हुने शिक्षा महाशाखा प्रमुख महेन्द्र सुवासचन्द्र आचार्यले जानकारी दिए । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ८६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा २ हजार ६ सय ६३ जना विद्यार्थीले सहभागिता जनाएका छन् । जसमध्ये १ हजार ५ सय ५७ छात्र र १ हजार ७६ जना छात्रा छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS