काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ८६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावरका लगानीकर्ताले ८ दशलमव ०२ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।


















