IME Life New

बंगलादेशः सीमाभन्दा बढी खर्च गरेपछि निर्जीवन बीमकलाई ५५ लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरणले निर्जीवन बीमा क्षेत्रका १३ कम्पनीलाई कुल ५५ लाख टाका (रुपैयाँ) जरिवाना गरेको छ। थप ६ वटा निर्जीवन बीमकलाई नसिहत दिएको छ। नियामकले सन् २०२३ मा स्वीकृत सीमाभन्दा अधिक व्यवस्थापन खर्च गरेकोमा जनवरी २७ मा तारेखमा यस्तो कारबाहीको निर्णय गरेको हो।

नियामकका उपनिर्देशक तथा प्रवक्ता मो. सोलेमानलाई उद्घृत गर्दै इन्स्योरेन्स न्युज बीडीले लेखेको छ, सन् २०२३ मा १९ निर्जीवन बीमकले व्यवस्थापनमा अत्यधिक खर्च गरेका थिए, जसले ‘निर्जीवन बीमा व्यवसाय व्यवस्थापन खर्च सीमा नियमावली, २०१८’ का प्रावधानहरुको उल्लंघन गरेको थियो। यीमध्ये ८ कम्पनीले २० प्रतिशतभन्दा बढी खर्च गरेका थिए र प्रत्येकलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको छ। बाँकी ४ कम्पनीको अतिरिक्त व्यवस्थापन लागत २० प्रतिशतभन्दा कम तर ५ प्रतिशतभन्दा बढी थियो। उनीहरुलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

Esewa
Crest

यसका साथै ६ वटा निर्जीवन बीमकको अतिरिक्त व्यवस्थापन लागत ५ प्रतिशतभन्दा कम थियो। ती कम्पनीलाई कुनै पनि अतिरिक्त व्यवस्थापन लागत दाबी नगर्न चेतावनी दिइएको छ। प्रवक्ताले भनेका छन्, ‘चेतावनी दिइएका ती कम्पनीको नाम प्राधिकरणको वेबसाइटमा प्रकाशित गरिएको छैन।’

जरिवाना गरिएकामा मेघना इन्स्योरेन्स कम्पनी, देश जनरल इन्स्योरेन्स कम्पनी, बंगलादेश सहकारी इन्स्योरेन्स, स्ट्यान्डर्ड इन्स्योरेन्स, रिपब्लिक इन्स्योरेन्स कम्पनी, बंगलादेश जनरल इन्स्योरेन्स कम्पनी, पिपुल्स इन्स्योरेन्स कम्पनी, तकाफुल इस्लामी इन्स्योरेन्स पीएलसी, ग्लोबल इन्स्योरेन्स, एक्सप्रेस इन्स्योरेन्स, इस्लामी कमर्सियल इन्स्योरेन्स कम्पनी, इस्लामी इन्स्योरेन्स बंगलादेश र इस्टर्न इन्स्योरेन्स कम्पनी छन्।

यसमध्ये मेघना इन्स्योरेन्सलाई ५ लाख टाका, देश जनरल इन्स्योरेन्सलाई ५ लाख टाका, बंगलादेश सहकारी बीमालाई ५ लाख टाका, स्ट्यान्डर्ड इन्स्योरेन्सलाई ३ लाख टाका, रिपब्लिक इन्स्योरेन्सलाई ३ लाख टाका, बंगलादेश जनरल इन्स्योरेन्सलाई ५ लाख टाका; पिपुल्स इन्स्योरेन्सलाई ३ लाख, ताकाफुल इस्लामिक इन्स्योरेन्सलाई ५ लाख, ग्लोबल इन्स्योरेन्सलाई ५ लाख, एक्सप्रेस इन्स्योरेन्सलाई ३ लाख, इस्लामिक कमर्सियल इन्स्योरेन्सलाई ५ लाख, इस्लामिक इन्स्योरेन्स बंगलादेशलाई ५ लाख र इस्टर्न इन्स्योरेन्सलाई ३ लाख जरिवाना गरिएको छ।

यसका साथै, चेतावनी दिइएका छ वटा निर्जीवन बीमकहरूमा नितोल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभात इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम इन्स्योरेन्स कम्पनी लिमिटेड, फिनिक्स इन्स्योरेन्स कम्पनी लिमिटेड, रुपाली इन्स्योरेन्स कम्पनी लिमिटेड र सोनार बंगला इन्स्योरेन्स लिमिटेड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS