IME Life New

भारतीय जीवन बीमकको ८% ले घट्यो नयाँ व्यापार, सबैभन्दा धेरै गिरावट एलआईसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमकको नयाँ व्यापारमा ८ प्रतिशतको गिरावट आएको छ।

भारतको जीवन बीमा परिषदले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्ष २०२५ को जनवरीमा भारतीय जीवन बीमा कम्पनीहरुले भारु ३ खर्ब ८ अर्ब २५ करोडबराबरको नयाँ व्यापारतर्फ बीमाशुल्क संकलन गरेका छन्। जुन अघिल्लो वर्ष २०२४ को जनवरीको तुलनामा ८.१५ प्रतिशतले कम भएको हो।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा यो वर्षको जनवरीमा एलआईसीको नयाँ व्यापारमा सबैभन्दा धेरै गिरावट आएको छ। यो वर्ष जनवरीमा एलआईसी भारु १ खर्ब ६२ अर्ब ९२ करोडबराबरको बीमाशुल्क नयाँ व्यापारबाट संकलन गरेको छ। जुन अघिल्लो वर्षको जनवरीको तुलनामा १३.८९ प्रतिशतले कम हो। यो लगातार दोस्रो महिना एलआईसीको नयाँ व्यापारमा गिरावट आएको हो।

निजी क्षेत्रका अन्य जीवन बीमा कम्पनीको नयाँ व्यापार भने औसतमा ०.७३ प्रतिशतले मात्रै घटेको छ। यो वर्ष जनवरीमा निजी जीवन बीमकहरुले भारु १ खर्ब ४५ अर्ब ३२ करोडबराबरको बीमाशुल्क नयाँ व्यापारबाट भित्र्याएका छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS