IME Life New

विशाल बजार कम्पनीले घोषणा गर्यो लाभांश, बोलायो फागुन २८ गते एजीएम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५ /७६ को नाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने घोषणा गरेको छ । अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको जनाइएको छ । कम्पनीले आफ्नो ३४औं वार्षिक साधारण सभा आगामी फागुन २८ गते विहान ९ बजे आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको छ ।

Crest

सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण वासलात, आय विवरण नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/८१, २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले शेयरधनीका तर्फवाट सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधरण शेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने, सम्मानित सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेशरफैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको शेयर पूँजी ४ अरव १ करोड अनुमोदन गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन पारित गर्ने, कम्पनीको पसलकवलसँग शेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेृछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ फागुन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS