काठमाडौं । आज शेय बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव ९८ अंकले घटेर २,६७७ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो फाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ८ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


















