IME Life New

‘सिटी अफ अर्थ’ बनाउँदै साउदी अरब, थुप्रै विलासी सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबमा सिटी अफ अर्थ (धरतीको सहर) बनिरहेको छ। यस सहरमा धेरै विलासी सुविधा हुनेछन्। यस सहरको नाम दिरिया राखिएको छ।

दिरिया एउटा गिगा परियोजना हो। यसको लागत ६३ अर्ब डलर छ। यसलाई ‘सिटी अफ अर्थ’ पनि भनिन्छ। यस परियोजनाका सीईओ जेरी इन्जेरिलोले टाटा र ओबेरोयजस्ता ठूला नामले यहाँ लगानी गर्न सम्झौता गरेको बताए। यो साउदी अरेबियाको राजधानी रियादको बाहिरी भागमा निर्माण भइरहेको छ।

Esewa
Crest

दिरियामा एक लाख मानिसलाई बस्ने घर बनाइनेछ। साथै, यहाँ एक लाखभन्दा बढी व्यक्तिका लागि अफिस हुनेछ।

यीबाहेक यो नयाँ सहरमा ४० भन्दा बढी लक्जरी होटल, एक हजारभन्दा बढी पसल, १५० भन्दा बढी रेस्टुरेन्ट र क्याफे, विश्वविद्यालय, कला तथा सांस्कृतिक सम्पदा, संग्रहालय, ओपेरा हाउस, २० हजार सिटको मल्टीपर्पस इभेन्ट एरिना, गल्फ कोर्स र अन्तर्राष्ट्रिय घोडचढी र पोलो सेन्टर आदि हुनेछन्।

यो सहर ६३.२ अर्ब डलरको लागतमा निर्माण भइरहेको छ। यसको उद्देश्य यस ठाउँमा रियल स्टेट र पर्यटन प्रवर्द्धन गर्नु र आधुनिक साउदी अधिराज्यको ऐतिहासिक जन्मस्थान पुनर्स्थापना गर्नु हो। यस साइटमा युनेस्कोको विश्व सम्पदा स्थल एट–तुरैफ पनि समावेश छ।

इन्जेरिलोका अनुसार भारत र साउदी अरबबीचको द्विपक्षीय व्यापार निकै गहिरो छ। तीन हजारभन्दा बढी भारतीय कम्पनीले यहाँ काम गरिरहेको उनले बताए। यसमा उत्पादन, आईटी, ऊर्जा र दूरसंचार जस्ता क्षेत्रमा काम गर्ने कम्पनीहरु समावेश छन्।

यहाँ भारतीय कम्पनीहरुको चासो पहिले नै छ। विशेषगरी होटल क्षेत्रमा। यहाँ ताज होटल ग्रुप २०२ कोठासहितको आफ्नो २५० औँ सम्पत्ति खोल्न तयार छ। उनले भने, ‘सिटी अफ अर्थले साउदीको जीडीपीमा १८.६ अर्ब डलर योगदान गर्नेछ र १.७८ लाख रोजगारी सिर्जना गर्नेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS