IME Life New

वाणिज्य बैंकहरुमा पर्यटन सेवा क्षेत्रबाट साढे ९%ले बढ्यो कर्जाको माग, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब ११ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म २० वटा वाणिज्य बैंकले २ खर्ब ११ अर्ब ४७ करोड २३ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९३ अर्ब २० करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ९.४५ प्रतिशतले घटेको छ।

Esewa
Crest

पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको पुससम्म २३ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २.१७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब ११ करोड २ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २० अर्ब ५४ करोड ७९ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष १७ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको कर्जा १७.४३ प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ। अघिल्लो वर्ष १५ अर्ब ८१ करोड १० लाख रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २३.०५ प्रतिशतले बढेर १९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

यसैगरी पुससम्म ग्लोबल आइएमई बैंकबाट १९ अर्ब ९ करोड १० लाख रुपैयाँ, कुमारी बैंकबाट १७ अर्ब ४८ करोड १९ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट १६ अर्ब ७९ करोड ९ लाख रुपैयाँ कर्जा गएको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा यस क्षेत्रमा ग्लोबल आइएमईबाट गएको कर्जा २१.८३ प्रतिशत, कुमारीको १९.४४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको २१.८० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुससम्म पर्यटन सेवा क्षेत्रतर्फ लक्ष्मी सनराइज बैंकले ११ अर्ब ५० करोड ७४ लाख रुपैयाँ, हिमालयन बैंकले ११ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकले ११ अर्ब १२ करोड ३५ लाख रुपैयाँ, नेपाल बैंकले ८ अर्ब ८५ करोड २९ लाख रुपैयाँ र एनएमबि बैंकले ८ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यी सबैको कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा बढेको छ।

उता पुससम्म सिद्धार्थ बैंकले ७ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ९९ करोड २५ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले ६ अर्ब १३ करोड ६३ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ४ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबै बैंकले कर्जा प्रवाह बढाएका छन्।

पुससम्म पर्यटन सेवा क्षेत्र तर्फ एनआईसी एसिया बैंकले २ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ७८ करोड ९ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एआईसी एसिया र माछापुच्छ्रे बैंकको कर्जा प्रवाह घटेको छ भने भने स्ट्यान्डर्ड चार्टर्डको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS