IME Life New

बेलायतमा दैनिक ९० वटा बीमा धोकाधडीका घटना, एक वर्षमा साढे २७ अर्ब क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा दैनिक औसत ९० वटा बीमा धोकाधडीका घटना हुने गरेको खुलेको छ।

इन्स्योरेन्स कम्पनी एलियान्ज यूकेले पछिल्लो समय बीमा धोकाधडीका घटना बढ्न थालेको तथ्यांक सार्वजनिक गरेको हो। कम्पनीका अनुसार दैनिक ९० वटा बीमा धोकाधडीका घटना भइरहेका छन्। ‘यी धोकाधडी औसत मूल्य ४ लाख ३० हजार पाउन्ड (साढे ७ करोड रुपैयाँ बढी) रहेको छ’, कम्पनीले भनेको छ।

Esewa
Crest

त्यसो बेलायतमा वर्ष २०२४ मा ३३ हजार २७ वटा बीमा धोकाधडीका घटना भएका छन्। त्यसबाट बीमकल १५ करोड ७२ लाख पाउन्ड (साढे २७ अर्ब रुपैयाँ बढी) क्षति व्यहोरेका छन्।

एलियान्ज यूकेका अनुसार वर्ष २०२३ को तुलनामा वर्ष २०२४ मा बीमा धोकाधडीका टना १० प्रतिशतले बढेको छ। अघिल्लो बीमा धोकाधडीबाट बीमकले १४ करोड २३ लाख पाउन्ड (२५ अर्ब ३४ करोड रुपैयाँ बढी) क्षति व्यहोरेका थिए।

बेलायतमा व्यक्तिगत, व्यावसायिक र अन्य क्षेत्रबाट फर्जी दाबीमार्फत बीमा धोकाधडीका घटना बढ्न थालेको पाइएको छ। गलत विवरणका साथ फर्जी आवेदनले बीमा क्षेत्रमा यस्ता घटना बढाएका छन्।

बेलायतमा वर्ष २०२३ को तुलनामा सम्पत्ति बीमातर्फ ३७ प्रतिशत र भइपरी आउने बीमातर्फ १७ प्रतिशतले फर्जी दाबी बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS