IME Life New

मूल्य आकासिएकै बेला अमेरिकाको एउटा पसलबाट १ लाख गोटा अन्डा चोरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाउ अचाक्ली बढेकै बेला अमेरिकाको एउटा पसलबाट १ लाख गोटा अन्डा चोरी भएको छ।

अहिले अमेरिका अन्डा भाउ अचाक्ली बढेको छ। अमेरिकामा अहिले प्रतिगोटा अन्डा ०.४० डलर (करिब करिब ५६ रुपैयाँ) पुगेको छ।

Esewa
Crest

अमेरिकाको पेन्सिलभानियास्थित एउटा पसबाट ४० हजार डलरबराबरको १ लाख गोटा अन्डा चोरी भएको स्थानीय प्रहरीले जनाएका छन्। पेन्सिलभानियाको ग्रिनक्यास्टस्थित पेट एन्ड गेरिज अर्गानिकमा फेब्रुअरी १ मा अन्डा चोरी भएको हो।

वर्ष २०२४ मा अमेरिकामा अन्डाको भाउ ६५ प्रतिशतले बढेको थियो। वाफ्ले हाउसले अमेरिकामा अन्डाको भाउ निर्धारण गर्ने गर्छ।

पछिल्लो समय बर्डफ्लु महामारीका कारण अमेरिकामा अन्डा उत्पादन घटेसँग माग बढ्दा भाउ ह्वात्तै बढेको हो। यो वर्ष २०२५ मा अन्डाको भाउ २० प्रतिशतले बढ्न सक्ने त्यहाँको कृषि विभागले अनुमान गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS