IME Life New

सिइओ नियुक्तिमा ढिलासुस्ती गरेपछि बीमकलाई रू. ५ लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी बीमा क्षेत्रको नियामक निकायले कन्टिनेन्टल इन्स्योरेन्सलाई ५ लाख बंगलादेशी टाका (रुपैयाँ) जरिवाना सहित ६० दिनभित्र प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्ति गर्न निर्देशन दिएको छ।

नियामक निकायले बीमा ऐन २०१० को धारा १३० बमोजिम यो निर्णय गरेको हो। जरिवाना रकम आगामी १२ कार्य दिन भित्र बीमा विकास तथा नियामक प्राधिकरणको नाममा पे अर्डर मार्फत पठाउन आदेश दिइएको छ।

Esewa
Crest

नियामकले भनेको छ, कि कन्टिनेन्टल इन्स्योरेन्सले जुलाई १, २०२४ देखि अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरी बीमा ऐन २०१० को धारा ८० को उल्लङ्घन गरेको छ। यसै सन्दर्भमा, प्राधिकरणको १७८ औं बैठकमा बीमा ऐन २०१० को दफा १३० अन्तर्गत बीमा कम्पनीको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेकोमा  ५ लाख रुपैयाँ जरिवाना,६० दिन भित्र प्रमुख कार्यकारी अधिकृतको नियुक्ति र ६० दिन भित्र कार्यकारी अधिकृत नियुक्त नगरिए थप ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय नियामकले गरेको हो।

नेपालमा बीमा ऐन २०७९ मा प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको ६ महिनाभित्र नियुक्ति गरिसक्नुपर्ने प्रावधान छ। नियुक्त नगरेर ऐनको उलंघन र नियामकको आदेश अटेर गरेमा ऐनको प्रावधान अन्तर्गत नसिहत सहित नगद जरिवानाको प्रावधान छ। ऐनको यो प्रावधानको सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनीले नै उलंघन गरेको छ। कम्पनीमा रूपान्तरण भएको १४ महिना नाघेपछि बल्ल यसको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। ऐनको उलंघन गरेपनि प्राधिकरणले सरकारी स्वामित्वको यो जीवन बीमकविरूद्ध कारवाही गरेको विषय सार्वजनिक जानकारीमा छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS