IME Life New

ट्यारिफ आतंकले एसियाली शेयर बजारमा हाहाकार, क्रिप्टोमा ७६० अर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा कर लगाएका छन्। यी तीन देश अमेरिकाका सबैभन्दा ठूलो व्यापारिक साझेदार हुन्।

ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाएका छन् भने चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त कर लगाएका छन्। क्यानाडा र मेक्सिकोले तुरुन्तै प्रतिक्रिया देखाए र अमेरिकी सामानमा ट्यारिफ लगाउने घोषणा गरे। चीनले यस विषयमा विश्व व्यापार संगठनमा लैजाने धम्की दिएको छ।

Esewa
Crest

ट्रम्पको कदमले विश्वमा व्यापार युद्ध बढ्ने सम्भावना बढेको छ। यही चिन्ताका कारण आज एसियाली बजारमा हाहाकार मच्चिएको छ। ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिले विश्वमा व्यापार युद्धलाई गहिरो बनाउन सक्ने र यसले विश्वव्यापी वृद्धिलाई असर गर्ने विश्वास गरिएको छ।

जापानको निक्केई १ विन्दुमा २ प्रतिशतले घटेको थियो भने हङकङको ह्याङ सेङ १ प्रतिशतभन्दा बढी तल झरेको थियो। त्यस्तै दक्षिण कोरियाको कोस्पी पनि २ प्रतिशतले घटेको छ। नयाँ वर्षको बिदाका कारण चीनको शेयर बजार बन्द छ। भारतमा पनि सेन्सेक्स ७०० अंकले झरेको थियो। जसका कारण लगानीकर्तालाई ५ लाख करोड रुपैयाँ नोक्सान भएको छ।

ट्यारिफ युद्धको व्यापक प्रभाव क्रिप्टो बजारमा पनि देखिएको छ। पछिल्लो ६० घन्टामा क्रिप्टोमा लगानी गर्नेहरुको ७६० अर्ब डलर स्वाहा भएको छ।

उता अमेरिकी डलरको भाउ आकाशिएको छ भने कच्चा तेल पनि एक साताकै उच्च विन्दुमा पुगेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS