IME Life New

साउदी अरबमा लागू भयो नयाँ श्रम नियम, आप्रवासी कामदारलाई ठूलो राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबमा श्रम कानुनमा धेरै ठूलो परिवर्तन गरिएको छ। यी परिवर्तनको बारेमा जानकारी दिँदै साउदी अरबको मानव संसाधन मन्त्रालयले यो श्रम कानुनमा सुधारको शृंखलाको एक हिस्सा भएको जनाएको छ।

यी सुधारको उद्देश्य आप्रवासी कर्मचारीको अधिकारको रक्षा गर्नु र राम्रो काम गर्ने वातावरण सिर्जना गर्नु रहेको मन्त्रालयले भनाइ छ। श्रम कानुनमा भएका परिवर्तन सन् २०२० मा सुरु गरिएको श्रम सुधारको एक हिस्सा हो। जसले रोजगारी परिवर्तन गर्ने स्वतन्त्रता र भिसा नियमहरुमा छुट प्रदान गरेको थियो। नयाँ नियममा महिलालाई विशेष सुविधा दिइएको छ।

Esewa
Crest

गल्फ न्युजको रिपोर्टका अनुसार साउदीको श्रम कानुनमा भएको परिवर्तनले कामदार महिलाका लागि खुसीको खबर ल्याएको छ। महिलाका लागि सुत्केरी बिदा लम्बिएको छ। कामदार महिलाले अब १२ हप्ताको सुत्केरी बिदा पाउनेछन्। जुन पहिले १० हप्ता थियो।

यो परिवर्तन यही महिनादेखि लागू भएको छ। यसले महिलालाई बच्चाको हेरचाह गर्न थप समय दिनेछ। यसले महिलालाई काम र परिवार सन्तुलनमा राख्न मद्दत पुग्ने सरकारको विश्वास छ।

नयाँ नियममा विवाह वा जीवन साथीको मृत्युमा बिदा, जागिर छोड्ने नोटिस, ओभरटाइमको नियममा भेदभावमा रोक लगाउने समावेश छन्। अब साउदीमा श्रीमती वा श्रीमानको मृत्यु भएमा कर्मचारीले ५ दिन तलब बिदा पाउने भएका छन्।

त्यसैगरी विवाहका लागि ५ दिनको तलब बिदा पनि दिइनेछ। कर्मचारीले जागिर छोड्न चाहेमा ३० दिनको सूचना दिनुपर्नेछ। कम्पनीले कर्मचारीलाई निकालेमा ६० दिनको सूचना दिनुपर्नेछ।

बिदा र ईदमा हुने सबै काम ओभरटाइम मानिनेछ। यसका लागि कर्मचारीलाई अतिरिक्त तलब दिइनेछ। यसले चाडपर्वमा काम गर्ने कर्मचारीलाई उचित राहात प्रदान गर्नेछ। परीक्षण अवधि अब अधिकतम १८० दिन हुनेछ। नयाँ नियममा जात, रङ, लिंग, अपांगता वा सामाजिक हैसियतका आधारमा भेदभाव गर्न कडाइका साथ निषेध गरिएको छ।

नयाँ नियमअनुसार अब लाइसेन्स बिना काम दिनेलाई जरिवाना लाग्ने भएको छ। यसले श्रम बजार नियमित गर्न मद्दत गर्नेछ। यसले कर्मचारीको शोषण रोक्छ।

यी सुधारसँगै आप्रवासी कामदारले पनि जागिर परिवर्तन गर्ने स्वतन्त्रता पाएका छन्। साथै भिसा नियम पनि खुकुलो पारिएको छ। अब आप्रवासी कामदारले आफ्नो रोजगारदाताको अनुमति बिना देश छोड्न र फर्किन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS