IME Life New

निजी क्षेत्रलाई पनि खुला गरिँदै विमानस्थलको सञ्चालन र व्यवस्थापन गर्न पाउने बाटो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि विमानस्थलको सञ्चालन र व्यवस्थापन गर्न पाउने बाटो खुला गर्न लागेको छ।

नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा यस्तो प्रस्ताव गरिएको छ। यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। सदनले विधेयक पारित गरेपछि कानुनी रुप लिनेछ।

Esewa
Crest

विधेयकमा मुलुकभरतको विमानस्थलको सञ्चालन तथा व्यवस्थापन प्राधिकरणले गर्ने उल्लेख छ। प्राधिकरणले आफूअन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृति लिई कुनै सरकारी र गैरसरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता गरी सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था प्रस्ताव विधेयकमा गरिएको छ।

आन्तरिक वा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न प्रचलित कानुनबमोजिम नियामक निकायमा दर्ता गरी विमानस्थल सञ्चालन प्रमाणपत्र प्राप्त गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ। तर, आन्तरिक हवाई सेवा विस्तार गर्ने प्रयोजनका लागि नियामक निकायले तोकेका विमानस्थलको हकमा त्यस्तो विमानस्थल दर्तापश्चात सेवा सञ्चालन गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ।

विधेयकमा विमानस्थल सञ्चालन गर्ने स्वीकृति प्राप्त गर्दा तोकिएको सर्तबाहेक अन्य प्रयोजनका लागि विमानस्थल प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ। आपतकालीन अवस्था वा विशेष अनुमति लिएको अवस्थामा त्यस्तो विमानस्थलबाट वायुयानको उडान तथा अवतरण गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ।

प्राधिकरणले विमानस्थलमा सुरक्षित, नियमित र प्रभावकारी रुपले सेवासुविधा उपलब्ध गराउन विमानस्थलमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाबीच समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS