IME Life New

भारतमा बीमा धोकाधडीका घटना अचाक्ली, रिटायर्ड बैंक म्यानेजरबाट सवा २ करोड ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक भारतमा बीमा धोकाधडीका घटना अचाक्ली बढ्न थालेका छन्। हालैमा भारतका पुणेमा एक महिला रिटायर्ड (सेवानिवृत्त) बैंक म्यानेजरबाट सवा २ करोड भारतीय रुपैयाँ ठगी भएको खुलासा भएको छ।

पुणेकी ती ६२ वर्षीया रिटायर्ड बैंक म्यानेजरले बीमा धोकाधडीको घटनामा २ करोड २२ लाख भारतीय रुपैयाँ गुमाउनुपरेको हो। धोकाधडीमा संलग्नहरुले आफूहरुलाई सरकारी अधिकारीहरुका रुपमा प्रस्तुत गरेर ती महिलालाई थुप्रै बीमा योजना खरिद गर्न उस्काएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुले यस्ता बीमा योजनाबाट धेरै फाइदा हुने बताउँदै ती महिलासँग विभिन्न बहानामा पैसा उठाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्।

Esewa
Crest

रिपोर्टका अनुसार ती महिला रिटायर्ड बैंक म्यानेजर यो घोटाला प्रकरणमा सन् २०२३ को अन्त्यमा फस्न थालेकी थिइन्। धेरै महिनासम्म उनीसँग धोकाधडीमा संलग्नहरुले पैसा उठाए। उनीहरुले पीडित महिलालाई सम्पर्क गरे र वित्त मन्त्रालय, भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई) जस्ता संस्थाका प्रतिनिधिका रुपमा आफूलाई प्रस्तुत गरे। पीडित महिला उनीहरुको पासोमा फसिन्। घोटाला गर्नेहरुले ती पीडित महिलालाई बीमा योजनाका बारेमा बताउन थाले।

प्रस्तावहरुलाई वास्तविक ठानेर ती महिलाले धेरै बीमा योजना खरिद गरिन्। तर, घोटाला गर्नेहरु ठगी धन्दा त्यतिमा रोकिएन। उनीहरुले जीएसटी, टीडीएस, प्रोसेसिङ फी र भेरिफिकेसन चार्जजस्ता विभिन्न बहानामा बारम्बार ती महिला रिटायर्ड बैंक म्यानेजरसँग पैसा मागे। घोटाला गर्नेहरुसँग सहमत भएर ती महिलाले विस्तारै ठूलो रकम हस्तान्तरण गरिन्। आफूलाई ठगिएको कुरा उनलाई थाहा थिएन।

धोकाधडीमा संलगनहरुले यो ठगी गर्न १९ विभिन्न पहिचान प्रयोग गरेका थिए। जब ती महिलालाई शंका लाग्न थाल्यो तब उनीहरुले झुटा वाचा गर्नुका साथै आर्थिक क्षति हुन सक्ने चेतावनी दिए। ठगहरुले पीडितलाई उनको पुरानो भुक्तानीहरु नक्कली खातामा स्थानान्तरण गरिएको बताए। फेरि ती महिलाले आफ्नो हराएको पैसा फिर्ता पाउन थप भुक्तानी गर्न बाध्य भइन्।

आफू ठगिएको थाहा पाएपछि पीडित महिलाले हालै प्रहरीमा उजुरी दिएकी थिइन्। अधिकारीहरुले यस विषयमा थप अनुसन्धान थालेका छन्। यद्यपि, प्रहरीले धोकाधडीमा संलग्नहरुलाई पक्राउ गर्न भने सकेको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS