IME Life New

अमेरिकालाई क्यानडाको जबाफी कारबाही, आयातमा २५% कर लगाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने अनुमति दिएका छन्। यसबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रतिक्रिया दिएका छन्।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले आइतबार एक पत्रकार सम्मेलनमा क्यानडाले पनि ट्रम्पले लगाएको करको जबाफमा आफ्नै शुल्क लगाउनेछ। ट्रुडोले भने, ‘म अमेरिकीहरुसँग प्रत्यक्ष कुरा गर्न चाहन्छु। यो निर्णयले मूल्य र अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्नेछ।’

Esewa
Crest

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएका छन्। क्यानडाका कम्पनीहरुलाई समय दिन मंगलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा यो महसुल लागू हुने र बाँकी १२५ अर्ब डलरका उत्पादनमा आगामी २१ दिनभित्र लागू हुने उनले बताए।

यद्यपि यो स्पष्ट छैन कि ट्रुडोले क्यानेडियन डलर वा अमेरिकी डलरका बारेमा कुरा गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS