IME Life New

पौने ४ लाखमा किनेको कारको २९ लाखको बीमा, दाबी गर्दा तिनुपर्यो १० लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमा धोकाधडीको अर्को घटना सार्वजनिक भएको छ। एक व्यक्तिले चोरीको गाडीको बीमा दाबी गर्दा यो धोकाधडीको मामिला बाहिर आएको हो।

भारतको गाजियाबादका सञ्जय सिंहले भारु ३ लाख ७० हजार रुपैयाँ कार किनेर भारु २९ लाखको बीमा गरेका थिए। बीमा गरेपछि कार चोरी भयो।

Esewa
Crest

कारको बीमा दाबी गर्दा सिंहले ठगी नियत खुलेको हो। यो मुद्दा राज्य उपभोक्ता विवाद प्रतिदोष आयोगमा पुगेको छ। आयोगले छानबिन गर्दा सिंहले भारु २ करोड ९० लाख पर्ने मर्सडिज कार सस्तोमा किनेर भारी रकमको बीमा गरेको खुल्यो।

इन्स्योरेन्स कम्पनीकै मिलेमतोमा सिंहले दाबी रकम पाउनकै लागि सस्तोमा कार किनेर चोरीको नाटक गरेर यो संगठित अपराध गरेको आयोगको ठहर छ।

आयोगले बीमा दबी गर्ने सिंहमाथि १० लाख जरिवाना गरेको छ। उक्त रकम मुख्यमन्त्री राहात कोषमा जम्मा गर्न आयोगले आदेश पनि दिएको छ।

यो मुद्दा ६ वर्षसम्म चलेको थियो। अनुसन्धानका क्रममा सिंह अन्य थुप्रै ब्रान्डका कार पनि रहेको खुल्यो। उनीमाथि आयकर रिटर्नसमेत मुद्दा चलाइएको छ। प्रपर्टी डिलिङको काम गर्ने सिंहले उक्त कारको बीमा आईसीआईसीआई लोम्बार्ड जनरल इन्स्योरेन्समा गरेका थिए।

विशेषगरी मुरादाबाद, बदान्यु, सम्भल, रामपुर र मेठरलगायतका क्षेत्रमा अवैध रुपमा बीमा कम्पनीको मिलेमलोमा यस्ता बीमा धोकाधडीका घटना हुँदै अएको आयोगको भनाइ छ। यस्ता घटना न्यूनीकरण गर्न आयोगले स्थानीय प्रशासन र प्रहरीलाई निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS