IME Life New

घरेलु हवाई उडानका यात्रुको दुर्घटना बीमाको रकम बढाउन अर्थ मन्त्रालयको सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि थाती रहेको घरेलु हवाई  उडानको दुर्घटनवापतको क्षतिपूर्ती रकम वृद्धि सम्बन्धि प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार परेको ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायीत्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ लाइ अर्थ मन्त्रालयले सहमति दिएको छ ।

अब कानून मन्त्रालयको रायपछि विधेयक मन्त्रिपरिषद समक्ष पेश गरिनेछ। मन्त्री परिषदबाट स्वीकृत भएको विधेयकलाई कानूनको रूप दिलाउन संसदमा दर्ता गराइनेछ। यो विधेक हिउँदे अधिवेशनमा संसदमा दर्ता हुने आशा गरिएको छ।

Esewa
Crest

पर्यटन मन्त्रालयले तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदालाई अघि बढाउन मन्त्री परिषदले अनुमति दिएपछि अर्थ मन्त्रालयको स्वीकृतीका लागि पर्यटनले पठाएको थियो ।

प्रस्तावित विधेयकले कानूनको रूप पाएमा घरेलु हवाइ उडानमा दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुका परिवारजनले पाउँदै आएको दुर्घटना बीमावापतको रकम ५ गुणाले बढ्ने छ।  अहिले यस्तो रकमको सीमा प्रति यात्रु जम्मा २० हजार अमेरिकी डलर(हालको विनिमय दर अनुसार २७ लाख ७२ हजार रूपैयाँ) रहेको छ। विधेयकमा १ लाख अमेरिकी डलर प्रस्ताव गरिएको छ।

नेपालले सन् २०१८ को अक्टोबर १६ मा मन्ट्रियल महासन्धी १९९९ को अनुमोदन रेको थियो । यो महासन्धीको अनुमोदनसँगै हवाइ दुर्घटनामा क्षतिपूर्ती सम्बन्धी व्यवस्था सन् २०१८ को डिसेम्बर १५ बाट लागू हुनुपर्नेमा कानूनको अभावमा घरेलु उडानमा यात्रुले पाउने बीमा दाबी, ब्यागेजको क्षतिपूर्ति, उडान ढिलो हुँदा प्राप्त गर्ने क्षतिपूर्ती लगायतको नयाँ व्यवस्था हुन सकेको थियो।

मन्ट्रिलय सन्धी अनुसार दुर्घटना बीमाको क्षतिपूर्ती रकम १ लाख ६० हजार अमेरिकी डलर छ। निजी क्षेत्रका वायू सेवा कम्पनीले बीमावापतको रकम भुक्तानी गर्दा टिकट दर देखि व्यवस्थापन खर्च सम्ममा निक्कै दबाब पर्ने भन्दै क्षतिपूर्ती रकम थोरै कायम गर्न दबाब दिएपछि सरकारले १ लाख अमेरिकी डलर प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS