IME Life New

साढे १४ लाख विदेशी नागरिकलाई निष्कासन गर्दै अमेरिका, नेपाली कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेको एक महिना नबित्दै अमेरिकाबाट निष्कासन गर्न लागिएका विदेशी नागरिकको संख्या सार्वजनिक भएको छ।

अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन कार्यालय (आईसीई)ले निष्कासनमा गर्न लागिएको विदेशी नागरिकको संख्या सार्वजनिक गरेको हो। अमेरिकाले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना नागरिक निष्कासन गर्न लागेको छ।

Esewa
Crest

आईसीईले अवैध रुपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीको सूची गत वर्ष २०२४ नोभेम्बर २४ मा तयार गरेको थियो। ती आप्रवासीलाई पक्राउ भने गरिएको छैन।

अमेरिकाबाट निष्कासन पर्न लागेको विदेशी नागरिकको सूचीमा १ हजार ३६५ जना नेपाली पनि छन्। छिमेकी मुलुक चीनका ३७ हजार ९०८ जना छन् भने भारतका १७ हजार ९४० जना छन्।

अमेरिकाबाट निष्कासनमा पर्न लागेका सबै धेरै नागरिक होन्डुरसका छन्। होन्डुरसका २ लाख ६१ हजार ६५१ जना निष्कासनमा पर्दैछन्।

त्यस्तै ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ जना, मेक्सिकोका २ लाख ५२ हजार ४४ जना र ईआई साल्भाडोरका २ लाख ३ हजार ८२२ जना नागरिक अमेरिकाले निष्कासनको सूचीमा राखेको छ।

राष्ट्रपति बनेलगत्तै ट्रम्पले अमेरिकामा अवैध रुपमा बस्दै आएका आप्रवासीलाई निष्कासन गर्ने अभियान सुरु गरेका छन्। यसका लागि उनले कार्यकारी आदेशसमेत जारी गरेका छन्।

re-non-detained-docket-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS