IME Life New

१९ वटा बीमकसहित १०२ कम्पनी मार्जिन कारोबारयोग्य, कुन-कुन परे ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ।

नेप्सेले आज सूचना जारी गर्दै १९ वटा बीमा कम्पनीसहित १०२ कम्पनीलाई मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा राखेको हो। यो सूचीमा ९ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी परेका छन्।

Esewa
Crest

मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा जीवन बीमा कम्पनीतर्फ एसियन लाइफ, आइएमई लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र सूर्यज्योति लाइफ परेका छन्।

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्ट, नेको, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ, युनाइटेड अजोड र नेपाल इन्स्योरेन्स पनि मार्जिनयोग्य कम्पनीको सूचीमा परेका छन्।

यो सूचीमा नेपाल पुनर्बीमा कम्पनी पनि परेको छ। यद्यपि नेपाल पुनर्बीमा कम्पनी नेप्सेको अन्य समूहमा रहेको छ।

यसैगरी मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा १६ वटा वाणिज्य बैंक र ६ वटा राष्ट्रियस्तरका विकास बैंक परेका छन्। वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, एनएमबि, एनआईसी एसिया, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल बैंक, नबिल, माछापुच्छ्रे, कुमारी, हिमालयन, ग्लोबल, एभरेष्ट, सिटिजन्स र कृषि विकास बैंक मार्जिन कारोबारयोग्य कम्पनीमा परेका छन्।

यो सूचीमा राष्ट्रियस्तरका ६ वटा विकास बैंक परेका छन्। जसमा गरिमा, लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा छन्।

मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा एउटामात्रै फाइनान्स कम्पनी आईसीएफसी परेको छ। यो सूचीमा ३३ वटा लघुवित्त संस्था पनि परेका छन्।

लगानी समूहका ४ वटा, उत्पादन समूहका ३ वटा, जलविद्युत समूहका १५ वटा, होटल समूहका २ वटा र अन्य समूहबाट नेपाल टेलिकम पनि मार्जिन कारोबारयोग्य कम्पनीमा परेका छन्।

margin

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS